राष्ट्रपति पौडेलको जापान भ्रमण : यस्तो छ तालिका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन् । राष्ट्रपति पौडेलको जापान भ्रमण माघ १८ देखि २१ गतेसम्म (चार दिन) हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति…