प्रधानमन्त्री कार्कीविरूद्ध अदालतको अवहेलना मुद्दा, मंसिर ७ गते पेसी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरूद्ध अदालतको आदेशको अवहेलनाको मुद्दामा पेसी मंसिर ७ गते तोकिएको छ । गत कात्तिक १६ गते सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो । कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले राजदूत पुनः फिर्ता बाेलाएर अदालतको आदेशकाे अवहेलना गरेकोमा अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका थिए…