काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लाका सभापतिलाई स्पष्टीकरण सोधेको छ । दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को झन्डा जलाउँदै सो पार्टीका अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गर्दै नाराबाजी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । सो सम्बन्धमा आयोगमा सूचना/उजुरी प्राप्त भएकोले स्पष्टीकरण सोधिएको आयोगले जनाएको…