काठमाडौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले केन्द्रीय अनुशासन समितिमा सदस्यहरु मनोनयन र केन्द्रीय निर्वाचन समितिमा संयोजक नियुक्त गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम केन्द्रीय सदस्य श्री आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित “केन्द्रीय अनुशासन समिति” को सदस्यहरुमा पार्टीका केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम…