पोखरा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभामा शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दलहरूलाई दुश्मनीको रूपमा लिन नहुने बताए । "हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ– हामी राजनीतिलाई बदल्न चाहन्छौँ…