काठमाडौं । भारतको बिहार विधानसभा चुनावको प्रारम्भिक मतगणना चलिरहँदा एनडीए गठबन्धन दुईतिहाइ बहुमततर्फ अग्रसर देखिएको छ । दिउँसो २ बजेर ५४ मिनेटसम्मको नतिजा अनुसार सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) नेतृत्वको एनडीए गठबन्धनले २ सय ४ सिटमा अग्रता लिइरहेको छ । यस्तै राष्ट्रिय जनता दल (आरजेडी) र कांग्रेस नेतृत्वको महागठबन्धनले ३३ सिटमा…