डा. वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा. अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । आज बिहान मात्रै शंकरदास वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा…