काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध दलहरूले मोर्चाको अध्यक्षता ६/६ महिनामा आलोपालो गर्ने भएका छन् । एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा शनिबार बसेको बैठकले मोर्चाको अध्यक्षता ६/६ महिनामा पालैपालो गर्ने समझदारी गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । ‘सामान्यतया ६/६ महिनामा अध्यक्षता गर्ने सरसल्लाह भएको छ र यसको टुङ्गो आउँदो बैठकले गर्नेछ, समझदारी टुङ्गो नहुन्जेल…