काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरण गम्भीर विषय भएको बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले यो प्रकरणलाई पार्टीले गम्भीरताका साथ लिएको बताए । उनले आरोपितमा पूर्वगृहमन्त्री एवं काँग्रेस नेता बालकृष्ण खाँण पनि रहेको भन्दै निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए । खाँणले आफूलाई निर्दोष साबित गर्ने बताएको…