आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्नेमा विश्वप्रकाश शर्माको जोड

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । काँग्रेस जिल्ला कार्यसमिति दाङले बुधबार घोराहीमा तीन वटै क्षेत्रका उम्मेदवारहरू सहभागी गराएर आयोजना गरेको जिल्ला स्तरीय बृहत् भेलामा उनले यस्तो बताएका हुन् । उनले पहिलो संविधान सभा निर्वाचनमा काँग्रेस दोस्रो दल बन्दा मुलुकले नयाँ संविधान नपाएको स्मरण गरे…