काठमाडौं । नेपाली कांग्रेसभित्र आसन्न १५ औं महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक किचलो चुलिँदै गएको छ । पार्टीका नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय सदस्य, काठमाडौंमा उपलब्ध जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरूसँग छलफल गर्दै पुसभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । विशालनगरमा रहेको सम्पर्क कार्यालयमा भएको यस छलफलले महाधिवेशनको मितिलाई लिएर कोइराला समूहको दबाब थप…