इलाम । युवामाझ लोकप्रिय बन्दै गएका एमाले नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम-२ मा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो पटक उप-निर्वाचनमा निर्वाचित नेम्वाङलाई एमालेले इलाम-२ का लागि एकल उम्मेदवार सिफारिस गरेको थियो । यसअघि सोही क्षेत्रबाट नेम्वाङ गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी भएका थिए ।…