काठमाडौं । नेकपा (एमाले)को झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यलाई महासचिव शंकर पोखरेलले ‘अपराध’को संज्ञा दिएका छन् । पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अराजकता र उदण्डता कुनै नयापन होइनन्, ती अपराध हुन् । झण्डा जलाएर अरुको आस्थामा चोट पुर्याउनेहरू सम्मानका हकदार हुन सक्दैनन् । यस्ता तत्त्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्ने छन् ।’ शुक्रबार आयोजना…