काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज दिइएको जनयुद्ध दिवसको बिदाप्रति असन्तुष्टि जनाएका छन् । सरकारले आज जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिएको छ । थापाले सामाजिक सञ्जालमार्फत पछिल्लो समय कार्यकारी तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको भन्दै असन्तुष्टि जनाएका हुन् । यस्ता बिदा नितान्त कार्यकारी स्वेच्छाचारिताको मनोविज्ञानको उपज भएको थापाले लेखेका छन्…