बिनासर्त एमाले फर्कने रामकुमारी समूहको घोषणा

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा ध्रुवीकरणको नयाँ अध्याय सुरु भएसँगै नेकपा एकीकृत समाजवादीभित्र भने तीव्र मतभेद देखिएको छ । नेकपा माओवादी केन्द्रसहित ९ कम्युनिस्ट घटकहरू मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्न लागेकै दिन एकीकृत समाजवादीको एउटा प्रभावशाली समूहले पार्टी परित्याग गरी नेकपा एमालेमा फर्कने घोषणा गरेको हो । नेतृ रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समूहले आज…