रास्वपाका उम्मेदवार चौधरीसहित ९ जनालाई बोलायो अख्तियारले

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमरकान्त चौधरीलाई बयानका लागि बोलाएको छ। चौधरीसहित नौ जनालाई बयानका लागि आयोगको इटहरीस्थित कार्यालयमा उपस्थित गराउन डाक्नेश्वरी नगरपालिकालाई पत्राचार गरिएको छ। उनीमाथि डाक्नेश्वरी नगरपालिका–५ स्थित श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा उजुरी…