न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिँदै सत्ता साझेदार दल

काठमाडौँ । सत्ता साझेदार दलहरूले साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने समय नजिकिएसँगै दलहरू न्यूनतम साझा कार्यक्रम आज टुङ्गो लगाउने कसरतमा जुटेका हुन् । हिजो बालुवाटारमा बसेको बैठकले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने लगायतका विषयमा कार्यक्रममा प्राथमिकताका साथ अगाडि बढाउने सहमति गरेका थिए ।…