कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई पनि भोट हाल्न दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र जेलमा रहेका कैदी बन्दीहरुलाई पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । अधिवक्ताहरु डा. दिनमणी पोखरेल, ज्ञानु गौतम, संजय अधिकारी, नरबहादुर खड्का, निशान्त पोखरेलसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी…