काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा दल (एमाले) ले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मा पदबाट हट्नुपर्ने अडान राखेको छ। शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउने कुरामा सत्ता पक्ष तयार भए पनि आफूहरूको अडान शर्मा पदबाट हट्नुपर्ने रहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए…