संसदीय निर्वाचन २ मंसिरमा गर्न सरकारलाई प्रस्ताव गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले २ अथवा ५ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ। आयोग स्रोतका अनुसार मंसिर २ वा ५ मा एकैचरणमा निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गर्ने तयारीमा आयोग छ। निर्वाचन आयोगले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति सिफारिस गर्ने तयारी गरेको आयोग स्रोतले बतायो…