जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोजकुमार यादवले दाबी गर्ने भएका छन् । बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी गर्ने भएका हुन् ।आजै यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ । सातदलीय गठबन्धनमा मधेस प्रदेशमा पहिलो कार्यकाल जसपा र दोस्रो कार्यकाल जनमत पार्टीबाट मुख्यमन्त्री बन्ने सहमति छ ।…