गठबन्धन बैठकमा मन्त्रिपरिषद्‍‌ पुनर्गठन गर्न नेकपा एसको माग, प्रधानमन्त्रीले भने: हुन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद्‍‌ पुनर्गठन गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड गरेको छ । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एसले तत्काल मन्त्रिपरिषद्‍‌ पुनर्गठन गरेर अघि बढनु पर्नेमा जोड गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका सो पार्टीका चार मन्त्रीलाई फिर्ता गरेर थप चार नयाँ अनुहारलाई स्थान दिनुपर्ने निर्णयलाई प्रधानमन्त्री देउवाले कार्यान्वय नगरेपछि…