काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सोही क्रममा भारतको सहयोगमा भइरहेका विकास निर्माण कार्यमा चासो राख्दै राजदूत श्रीवास्तवले नेपालको विकास र समृद्धिका लागि भारतले निरन्तर…