निर्वाचन आयोगले सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावलाई केन्द्रित गरी निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने मतप्रतिशत घटाउनका लागि आयोगले आउँदो फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । सबै ७ सय…