काठमाडौं । युवा नेता सागर ढकालले नेपालको ७५ वर्ष लामो राजनीतिक अस्थिरतालाई चिरकालका लागि अन्त्य गर्ने महत्वाकांक्षी योजनासहित नयाँ राजनीतिक शक्तिको उदयको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो दृष्टिकोण सार्वजनिक गर्दै ढकालले अहिले चिया पसलदेखि शीतलनिवाससम्म एउटै स्वर गुञ्जिरहेको (त्यो हो, नयाँ अनुहारहरूलाई एकताबद्ध गर्ने) र यही जनचाहनालाई मूर्तरूप दिन आफू अग्रसर भएको…