काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदे प्रतिबद्धता गरेको जनाएको छ । आयोगले राजनीतिक दलहरूलाई आचारसंहिता कार्यान्वयनका लागि ६० बुँदामा प्रतिबद्धता मागेको छ । मंगलबार निर्वाचन आयोगले ७९ दलहरूसँग निर्वाचन आचारसंहिताको विषयमा छलफल गरेको थियो । छलफलपछि आयोगले दलहरूलाई ६० बुँदे आचारसंहिता पालना गर्न भन्दै निर्देशन समेत दिएको हो ।…