म फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना देख्दैछुः ओली

काठमाडौं । एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफू फेरि प्रधानमन्त्री बन्न सक्ने जिकिर गरेका छन् । आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको कुराकानीमा ओलीले अहिलेकै अवस्था रहिरहे आफू प्रधानमन्त्रीमा फर्कने दाबी गरेका हुन् । जनताले अरुबाट देश नचल्ने रहेछ भन्ने बुझ्ने र आफू प्रधानमन्त्रीमा फर्कने सम्भावना रहेको दाबी उनको छ । ‘यस्तै हुँदै गयो भने…