काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश सरकारको आवश्यक्ता नभएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा उनले बलियो केन्द्रीय सरकार र स्थानीय सरकारलाई बढी अधिकार सम्पन्न बनाउनुपर्ने बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको पनि बताए। अहिलेको निर्वाचन प्रणाली बढी खर्चिलो भएकाले पनि अब…