काठमाडौं। नेपाली कांग्रेस सर्लाहीको क्रियाशील सदस्यता विवाद पार्टी मुख्यालय सानेपामा छताछुल्ल भएको छ । कांग्रेस सर्लाहीमा अमेरशकुमार सिंह र प्रदेश मन्त्री वीरेन्द्र सिंहबीच इगोको लडाइँ चलेको छ । लामो समयदेखि कांग्रेस सर्लाहीको क्रियाशील विवाद टुंगो लाग्न नसकेको भन्दै धर्ना कार्यक्रम जारी छ । यसैक्रममा मंगलबार दिउँसो प्रदेश २ का मन्त्री वीरेन्द्रप्रसाद सिंहले बरहथवा नगरपालिका-४ का…