काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ६ पुगेको छ । पछिल्लो पटक डा. अरनीको पाँडेले नाम फिर्ता लिएपछि यो संख्या ६ पुगेको हो । डा. पाँडेको यो घोषणासँगै रास्वपाको समानुपातिक सूचीबाट हट्नेहरूको संख्या आधा दर्जन पुगेको छ । यसअघि नै चर्चित अनुहारहरू आरोही टासी शेर्पा, गायिका त्रिशला…