बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौं । संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शुक्रबार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर बेलायत सरकारबाट एग्रिमो आएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले आचार्यलाई राजदूतमा नियुक्त गरेकी हुन्। सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई…