काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको गर्धनभन्दा माथि टाउकोमा १२ टाँका लगाएको जनाएको छ । शुक्रबार कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अहिले सभापति देउवा दम्पतीको स्वास्थ्यमा सुधार भइरहेको बताए । उनले भने, ‘हामी सुरुमा अतालिएका थियौं । तर उहाँहरूको स्वास्थ्य उपचार राम्रो हुँदै गयो । अहिले सामान्य…