प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच सरकारले रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता लिएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा विचाराधिन रहेको रेल्वे विधेयक २०७६ फिर्ता लिने प्रस्ताव पेश गरेकी थिइन् । बैठकले उक्त प्रस्तावलाई स्वीकृत गरेको हो । बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपति कार्यालयवाट प्राप्त…