काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना संक्रमणको लक्षण सामान्य रहेको छ । अध्यक्ष प्रचण्डलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । डाक्टरको सल्लाह अनुसार प्रचण्ड अहिले होम आइसोलेसनमा नै बसिरहेका छन् । प्रचण्डको स्वास्थ्यय अवस्था सामान्य रहेको र कोरोनाको कुनै पनि लक्षण नदेखिएकोले डाक्टरको सल्लाह अनुसार पर्सि (शनिबार)…