रावलको चिठीपछि ओलीको प्रतिक्रियाः मास्क खोल्नुस् भन्न चिठी लेख्नुपर्छ र !

काठमाडौं । नेकपा एमालेले शुक्रबार महाधिवेशनको मापदण्ड र कार्यतालिका पारित गर्न भन्दै केन्द्रीय कमिटी बैठक डाकेको थियो । तर, बैठकमा माओवादीबाट एमालेमा समाहित भएका नेता प्रभु साह निकट दुई नेतालाई एकाएक केन्द्रीय सदस्यको शपथ खुवाइयो । एमाले अध्यक्षको ओलीको यो कार्यशैली उपाध्यक्ष भीम रावललाई पचेन । उनले बैठकमा शपथ देखेर अन्योलमा परेको प्रतिक्रिया जनाए ।…