काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टीभित्र आन्तरिक निर्वाचन गर्न आयोग गरेको छ । मंगलबार बसेको स्थायी समितिको बैठकले पार्टीभित्रको निर्वाचन गर्ने प्रयोजनका लागि पार्टीले निर्वाचन आयोग गठन गरेको हो । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्य रहेको आयोग गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र…