काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज सोमबारबाट बन्दसत्र प्रारम्भ हुँदैछ । आइतबार भव्य समारोहका बीच उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज नीतिगत बहस र सांगठनिक संरचनामा केन्द्रित रहेर बन्दसत्र सञ्चालन हुन लागेको हो । महाधिवेशन प्रचार प्रसार समितिका संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेबाट बन्दसत्रको औपचारिक सुरुवात हुने…