सर्वपक्षीय बैठकमा कांग्रेसले भन्याे– पूर्वप्रधानमन्त्रीको स्थानहद हटाइयोस्

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पूर्वप्रधानमन्त्रीहरूलाई स्थान हद लगाउन नहुने बताएका छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा उनले पूर्वप्रधानमन्त्रीहरू जुनसुकै क्षेत्रमा उम्मेदवार बन्न सक्ने बताए । ‘पार्टीले पूर्वप्रधानमन्त्रीहरूलाई जुनसुकै क्षेत्रबाट उम्मेदवार उठाउन सक्छ । संविधानले पनि रोकेको छैन कुनै क्षेत्रबाट मात्र उठ्ने भनेर यस्तो अवस्थामा स्थान हद तोक्न हुँदैन,’ उनले…