ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई हेपेको कदापि सहन नसकिने बताएका छन् । ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बेथिति र हेपाहा प्रवृत्तिको सदैव विरोधमा उत्रने र देशलाई हेपेको कदापि नसहने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, “राष्ट्रियता कविता हैन, छन्द हैन, क्षणिक स्वार्थ हैन, हामी वाक…