काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे बोल्दै नबोलेका कुरा बाहिर ल्याइएको आराेप लगाएको छ । प्रधानमन्त्री ओलीले बालुवाटारमा बुधबार साँझ काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री ओलीले 'विद्या भण्डारीबाहेक एमालेमा मलाई कसैले चुनौती दिन सक्दैन' भनेको विषय…