चीन–भारतबीचको व्यापार सम्झौता स्वीकार्य छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई छिमेकी देशबीच भएको सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताएका छन् । महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको प्रतिवाद गर्न सबै राजनीतिक दल एकढिक्का हुनुपर्ने बताए । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कांग्रेसले यो सम्झौता स्वीकार नगर्ने जानकारी गराए । ‘हाम्रो…