काठमाडौंमा प्रदर्शन गर्दै एमाले, अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख नेकपा (एमाले) ले आज राजधानीमा ‘शक्ति प्रदर्शन’ गर्दैछ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामाप्रदर्शन हुन लागेको हो । राजधानीको भृकुटीमण्डपबाट मध्यान्ह १२ बजे सुरु हुने जनप्रदर्शनले नगरका विभिन्न भागको परिक्रमा गर्ने कार्यक्रम छ । बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलका अनुसार भृकुटीमण्डपबाट सुरु भएको र्‍याली कमलादीस्थित प्रज्ञा…