काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाएका हुन् । उनले लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुखजस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन…