काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो पार्टीमा भ्रष्टाचारीलाई कुनै स्थान नभएको स्पष्ट पारेका छन् । पार्टीद्वारा सोमबार काठमाडौंको सिफलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई आफूले कुनै हालतमा पनि नछाड्ने उद्घोष गरेका छन् । “एक पैसा भ्रष्टाचार हुँदैन, मौकामा चौका हानौँ भनेर तपाईँहरू आउनुभएको छ भने गइहाल्नुस्, म कसैलाई छाड्ने छैन”,…