काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् । शुक्रबार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तीको अवसरमा पौडेलले निर्वाचन सफल बनाउन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने…