अध्यक्ष मै हुँ, निष्कासनको कुरा हास्यास्पद : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षबाट निष्कासन गरिएको भनाइप्रति रञ्जिता श्रेष्ठले कडा प्रतिक्रिया जनाउँदै आफू नै अध्यक्ष रहेको दाबी गरेकी छन्। नागरिक उन्मुक्ति पार्टीभित्र जारी विवादका क्रममा पार्टीका संस्थापक सदस्यहरूको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको सामान्य सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेको छ। बुधबार सम्पन्न संस्थापक तथा संरक्षक सदस्यहरूको बैठकले श्रेष्ठलाई पार्टीबाट हटाउने निर्णय लिएको हो।…