काठमाडौं । पछिल्लो समय कांग्रेसभित्र महाधिवेशनको विषय पेचिलो बन्दै गएको छ । शुक्रबार कार्यसम्पादन समिति बैठकले वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५ महाधिवेशन गर्ने निर्णय गर्यो । त्यसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका ५ नेताले फरक धारणा राखे । उनीहरूको माग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेकाले पुसभित्र विशेष महाधिवेशन गर्नैपर्छ भन्ने…