विदेशी भूमिमा पुगेर नेपालीले कमाएको अनुभव र पुँजी अब देश विकासमा फर्काउनुपर्छ: डा. महत

स्पेन : गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको नवौं राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथि तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले लोकतान्त्रिक परिवर्तनले नेपाली समाजमा ल्याएको व्यापक रूपान्तरण, प्रवासमा रहेका नेपालीको महत्व र सामाजिक सञ्जालको चुनौतीबारे विचार व्यक्त गरेका छन्। उनले एनआरएनए स्पेनले सबैसँग समन्वय गर्दै आपसी सहकार्यमा अगाडि बढेकोमा प्रशंसा गर्दै, दोस्रो पटक बार्सिलोना…