काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुने भएको छ । पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजेका लागि भेटघाट तय भएको हाे । एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याबारे पछिल्लो समय पार्टी बैठकमा बहस सिर्जना भएको छ । भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् ।…