काठमाडौं । सरकारले चुनावसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । आज मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्नका लागि सिफारिश गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्मा पेश भएको अध्यादेश अनुसार दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची संशोधन गर्न…