मानवअधिकार उल्लंघनका घटनामा सरकार पूर्वाग्रही नबनोस् : सभापति गगन

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले जेन-जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाका सम्बन्धमा मानवअधिकार आयोगको सिफारिस तत्कालै कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसको साप्ताहिक श्रृङ्खला ‘ग्रिन टेबल’ अन्तर्गत शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले मानवअधिकार उल्लंघनका घटनाहरूलाई सामान्यिकरण गर्न नहुने धारणा राखेका हुन्। भदौ २३ र २४ गते भएका…