मुख्यमन्त्री बानियाँमाथि गरिएको छानबिन प्रक्रियाबारे काँग्रेसको असन्तुष्टि

काठमाडौँ । नेपाली काँग्रेसको बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग सम्बन्धित छानबिन प्रक्रियाबारे आपत्ति जनाएको छ। दलको बैठकले अनुसन्धान निकायले अपनाएको कार्यशैलीप्रति असहमति व्यक्त गर्दै प्रक्रिया पारदर्शी र कानुनी दायराभित्र हुनुपर्ने आवश्यकता औँल्याएको हो। मुख्यमन्त्री बानियाँकै अध्यक्षतामा सम्पन्न बैठकले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धान अघि बढाउँदा आवश्यक सूचना नदिई अचानक छापा मारिएको शैली अपनाइएकोप्रति…