जसपाका मधेश प्रदेश सांसद सिंह पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो । सांसद सिंहमाथि नक्कली उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको आरोप लागेको थियो ।